Logo

प्रमुख समाचार

कुलमान घिसिङ र हितेन्द्र देव शाक्यको निवेदन न्यायधीश मुसलमानको इजलासमा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक दुवैले दायर गरेको रिट निवेदनकाे सुनुवाइ आज हुँदै छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पेशी न्यायधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ क्रममा छ ।

घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् ।

शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार ११:४१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।