Logo

अर्थ

सीडीएससी, नेपाल माइक्रो इन्स्योरेन्स र हिमालयन इन्भेष्टमेन्ट बैंकरबीच सम्झौता



काठमाडौं । सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेड, शेयर निष्काशनकर्ता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकरका बीचमा अभौतिकिरण धितोपत्र राख्न र हस्तान्तरण गर्न साथै सहजीकरण गर्ने सम्बन्धी त्रीपक्षीय सम्झौता भएको छ ।

सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेडको कार्यालय, पुतलीसडकमा चैत १५ गतेका दिन आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र हिमालयन इन्भेष्टमेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज.ब.राणाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १७:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।