काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालले शुक्रबार साइबर ब्युरो कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिएको हो ।
नेपाल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जाहेरी दिएका हुन् ।
प्रसाईंले समलिङ्गी विवाहलाई युएसएआइडीद्वारा वित्तीय सहयोग गरिएको भनि झुटो प्रचार गरिरहेको जाहेरीमा उल्लेख छ ।




















प्रतिक्रिया