Logo

प्रमुख समाचार

नवराज नजरबन्दमा परेपछि राजावादीकाे नेतृत्व अब जगमान गुरुङले गर्ने



काठमाडौं । राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् ।

आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमान गुरुङलाई दिइएको हो । उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् ।

सुवेदीको नामबाट जारी एक विज्ञप्तिमा आन्दोलनको नेतृत्व गुरुङले गर्ने उल्लेख छ । ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १४:१९   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।