Logo

अर्थ

राजावादी प्रदर्शनका नाममा भएको ताडफोड र लुटपाटप्रति चेम्बरको आपत्ति



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजावादी प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति आपत्ति जनाएको छ ।

काठमाडौंका बानेश्वर, तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बरले आपत्ति जनाएको हो ।

‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सहित दुई युवाको दुःखद निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमा समेत क्षति पुगेको छ,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा छ ।

यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भर्त्सना गर्दै चेम्बरले शुक्रबारको घटनाबाट पीडितले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ ।

आन्दोलन क्रममा मानवीय जीवनमा समेत दुःखद क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १६:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।