Logo

समाचार

मिश्र र राणालाई भेट्न हिरासतमा अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी हिरासतमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासँग भेट गरेका छन् ।

उनले हिजो (शनिबार) साँझ लिङ्देन उनीहरूलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेर उनले मिश्र र राणालाई भेट गरेका हुन् ।

गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनपछि प्रहरीले उनीहरूलाई सोही दिन राति पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १६:२४   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।