Logo

प्रमुख समाचार

‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित



काठमाडौं । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडान/अवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।

आज बिहान निर्धारित धेरैजसो उडान प्रभावित भएका थिए ।

आज बिहानका पाँच वटा माउन्टेन फ्लाइट काठमाडौंबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १२:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।