Logo

अर्थ

साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य हुने



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिने छ ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा सेन्ट लरेन्स कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ, भने कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सहभागिता रहनेछ । यो सहकार्य दुई वर्षसम्म लागू हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार १६:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।