Logo

अर्थ

सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरूलाई भारतको एपोलो अस्पतालमा १० प्रतिशत छुट



काठमाडाैं । सानिमा बैंकले ग्राहकहरूलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिकसँग सहकार्य गरेको छ।

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको एपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको एपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ एपोलो अस्पताल र चेन्नईमा रहेको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ।

ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच मेडिकल एण्ड डायग्नोस्टिकलाई जानकारी गराउनु पर्नेछ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२६ वटा एटिएमहरू सञ्चालनमा रहेका छन्।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार १७:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।