Logo

अर्थ

एफपीओ रद्द गरेर बुटवल पावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडाैं । बुटवल पावर कम्पनीले यसअघि निकाल्ने भनेको थप निष्कासन (फर्दर पब्लिक अफरिङ एफपीओ) रद्द गरेर ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले १ अर्ब ३६ करोड ३६ लाख रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

२०८० फागुनमै कम्पनीले प्रिमियम सहित प्रतिकित्ता दुई सय ६ रूपैयाँ २९ पैसाको दरमा एफपीओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो ।

दुई अर्ब ६ करोड रूपैयाँको एफपीओ निष्कासन रद्द गरी हकप्रद निष्कासन गर्ने निर्णय कम्पनीले गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख रूपैयाँ छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १३:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।