काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७० को विन्दुमा कायम भएको छ ।
आज २३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.७५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया