काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका हुन् ।
प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो ।
‘व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य हुँदै होइन, यो अपराधिक हो । दोष कुनै पनि पक्षको होला त्यो तपशिलको कुरा हो, निष्पक्ष न्यायिक छानबिन हुनैपर्छ, तर्क जे सुकै होस्, कोहीले अनाहकमा ज्यान गुमाउनु भएन,’ मेयर शाहका भनाइ उद्धृत गर्दै उनका प्रमुख सचिव भूपदेव शाहले भनेका छन्।
राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो । तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो ।




















प्रतिक्रिया