काठमाडौं । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि छलफल हुने भएको छ । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि छलफल हुनेछ ।
शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो ।
आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।





















प्रतिक्रिया