युएईमा जारी १३ औँ संस्करणको आइपीएलबाट चेन्नई सुपर किंग्स बाहिरिएपछि टोलीका कप्तान महेन्द्र सिंह धोनी आफ्नो गृहनगर भारतको राँची फर्केका छन् ।
सोमबार, उनी राँची शहरको रिंगरोडमा आफ्नो सबैभन्दा पुरानो यमाहाको बाइकमा गुडिरहेका थिए । लगभग २ महिना लामो युएई बसाईपछि राँची आएका धोनीले आफ्नो बाइक चलाउने शोख पुरा गरेका छन् ।
महेन्द्र सिंह धोनी एक उत्साही बाइक सौखिन हुन्, उनीसँग थुप्रै महङ्गा बाइकहरुको संग्रह नै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि सोमबार पहिलो पटक धोनीले राँचीको सडकमा बाइक लिएर निस्केका थिए ।





















प्रतिक्रिया