Logo

प्रमुख समाचार

पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा



काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लामा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रुकुम पश्चिमको मुसिकोट, सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलेखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ लगायतका क्षेत्रमा लगातार पानी परिरहेको छ ।

केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्ला तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर रेकर्ड गरिएको छ भने पछिल्लो एक घण्टामा घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसअघि २४ घण्टाको अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा वर्षा भएको विभागले जनाएको छ । सबैभन्दा धेरै वर्षा झापाको अनारमनीमा ७६.४ मिलिमिटर भएको छ ।

विभागले वर्षा, चट्याङ र हिमपातका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १२:२९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।