Logo

आजको तस्बिर

निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको छ । राजसंस्था पुनर्स्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित आन्दोलनमा होमिएको राप्रपाले बानेश्वरमा प्रदर्शन सुरू गरेको हाे ।

निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रमअनुसार राप्रपाका कार्यकर्ता सडकमा आएका हुन् ।  राप्रपा कार्यकर्ता र राजावादी समर्थकहरू बिजुलीबजार भेला भएर बानेश्वरतर्फ आएका छन् । उनीहरू बानेश्वरको आकाशे पुलनजिकैको प्रहरीको ब्यारिगेट तोड्ने प्रयासमा छन् । प्रहरीले भने माइकिङ गरेर उनीहरूलाई पछाडि हट्न आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १७:५४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।