Logo

प्रमुख समाचार

माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र शिक्षक समस्यामा पहल गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको समस्याको समाधानका लागि पहलकदमी लिने भएको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले अन्य विपक्षी दलहरूसँग छलफल गर्दै समस्याको समाधान खोज्ने निर्णय गरेको हो।

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकहरूको मागमा सरकारले अपेक्षित ध्यान नदिएको भन्दै अब दलहरूले मिलेर पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार बैठकमा वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा पार्टीको रणनीति, बजेट अधिवेशन, नीति तथा कार्यक्रम र प्री-बजेटमाथि गहिरो छलफल गरिएको थियो ।

‘विद्यालय शिक्षा विधेयक र शिक्षकका समस्या समाधान गर्न प्रमुख प्रतिपक्ष दलले अरू प्रतिपक्ष दलसँग छलफल गर्ने र समस्या समाधानमा पहलकदमी लिने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १०:५३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।