Logo

अर्थ

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त



काठमाडौँ । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने निर्णय बुधवारको मन्त्रिपरिषद्ले गरेको एक मन्त्रीले बताए ।

यसअघि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ को उपदफा २ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्ले १० चैतमा सिफारिस समिति गठन गरेको थियो ।

समितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल र भट्टराई सदस्य थिए ।

पूर्वगभर्नरको हैसियतमा भट्टराई सदस्य रहेकोमा सोही हैसियतमा अधिकारीलाई सिफारिस समितिमा राखिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार २१:४०   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।