Logo

अर्थ

चुनावअघिको अन्तिम कारोबार दिन सेयर बजारमा ३८ अंकको वृद्धि



काठमाडौं । आज चुनावअघिको अन्तिम कारोबार दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ ।

आज २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै शुवम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १५:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।