Logo

शिक्षा

विद्यालय परिसरमा नेपाली भाषा बोल्ने विद्यार्थीलाई दण्डित गर्ने कार्य तत्काल बन्द गर्न महानगरकाे निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयले विद्यालय परिसरमा नेपाली भाषा बोल्ने विद्यार्थीलाई दण्डित गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले आज नगरक्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। शिक्षण सिकाइका माध्यम अंग्रेजी भएका केही विद्यालयले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको परिपत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १६:३२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।