काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित काठमाडाैंको माइतीघरमा समर्थकले प्रदर्शन गरेका छन् ।
शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे ।
चैत १५ गते भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं हाल थुनामा छन् ।
प्रतिक्रिया