काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ । कम्पनीले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो ।
कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको छ ।
बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा ऋणात्मक छ ।




















प्रतिक्रिया