काठमाडौं । विदेश पढ्न गएका नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ का १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै बाहिरिएको छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपाली विदेश गएका विद्यार्थीसँगै ८ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
चालु आर्थिक वर्षका १० महिना अर्थात् ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बाहिरिएको छ । उक्त रकममध्ये १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया