काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८ को विन्दुमा कायम भएको छ ।
आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्य घटेको छ ।
आज १० अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एचआइडीसीएलको संस्थापक सेयर काराेबार भएको छ । यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ संस्थापक सेयर काराेबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.२० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया