काठमाडाैं । दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधन निर्माणकर्ता कम्पनी टीभीएस मोटर कम्पनीले काठमाण्डौमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ । लायन्स क्लब अफ काठमाण्डौ न्यूवेभ्सर बुढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ–१, तौलुङ, चौकी डाँडा क्षेत्रमा १०० वटा बिरुवा रोपिएको हो ।
यस्तै टीभीएस आईक्यूब प्रयोगकर्ताहरूले नेपालमा संयुक्त रूपमा ५० लाख किलोमिटरको यात्रा पूरा गरेका छन् । यस दिगो अभियानले १.४ लाख लिटर इन्धन बचत (जसको मूल्य रु २ करोड २० लाख) गर्न सफल भएको छ र यसबाट ३५० टन कार्बन उत्सर्जनमा कमी आएको कम्पनीले जनाएको छ । जुन १५ हजार वटा रूख रोपिएको बराबर वातावरणीय प्रभाव हो ।
वृक्षारोपण कार्यक्रममा मिथाराम अधिकारी, मेयर, बुढानीलकण्ठ नगरपालिका, सुरेन्द्र लामा–१अध्यक्ष, बुढानीलकण्ठ नगरपालिका अखिल गुप्ता, कार्यकारी निर्देशक, जगदम्बा मोटर्स रमेश खरेल, पूर्व एसएसपी तथा समाजसेवी प्रेमराजा महत, वरिष्ठ कलाकार र लायन्स क्लब अफ काठमाण्डौ न्यूवेभ्स तथा जगदम्बा मोटर्स टिमका सदस्यहरूको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया