Logo

अर्थ

तोलामा १६ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनको  तोलामा १६ सय रुपैयाँ बढेको छ ।  यस दिनका लागि मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदी उच्च मूल्यबाट प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १ सय ५० मा झरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार ११:३२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।