काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को विन्दुमा कायम भएको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।
आज १२ अर्ब ५१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया