Logo

अर्थ

यस्तो छ आजको अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य स्थिर



काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर र युरोको मूल्य स्थिर रहेको छ । अमेरिकी एक डलरको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर र युरोको भाउ शनिबार पनि यति नै थियो ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार ०७:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।