Logo

अर्थ

पेट्रोल र डिजेलको मूल्य बढ्यो



काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ ९असार ०१ २०८२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु १‍‍.४१ र डिजेलमा रु १.६७ ले बढेर आएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु १ र डिजेलरमट्टितेलमा प्रति लिटर रु २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार २१:५२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।