Logo

अर्थ

आजदेखि १० रुपैयाँका नयाँ नोट प्रचलनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो ।

बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लाली गुराँसको पानी छाप रहेको नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २ असार २०८२, सोमबार ०८:४४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।