Logo

अर्थ

राष्ट्रपति पौडेलबाट जलविद्युत परियोजनाबारे चासो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँग जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । सोमवार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् ।

पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निमार्ण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै, उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले जलविद्युत् परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार १७:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।