Logo

राजनीति

कांग्रेसले शास्त्रीको निधनमा तीन दिन झण्डा आधा झुकाउने



काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

बुधबार बिहान बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै झण्डा झुकाउने निर्णय गरेको हो । पूर्व मन्त्री एवं समाजवादी चिन्तक समेत रहेका शास्त्रीको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै पारितशोक प्रस्ताव पारित गरेको छ ।

शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते भएको निधन भएको थियो ।

‘२०८२ असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने’, बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १०:४४   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।