Logo

मनोरञ्जन

हिममानव यतिसहितको एआई भिडियोमार्फत ‘अभिमन्यु : च्याप्टर–१’को प्रचार



काठमाडौं । पछिल्लो समय भित्रिएको एआई प्रविधि नेपालमा फिल्मको प्रचारमा समेत प्रयोग गर्न थालिएको छ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले प्रचारमा एआईबाट निर्मित हिममानव (यति) प्रयोग गरेको हो ।

निर्माण युनिटले फिल्मको प्रचारमा एआई निर्मित हिममानव प्रयोग गरिएको पोष्टर सार्वजनिक गरेको छ । एआई निर्मित हिममानव हलको बक्सअफिसमा पुगेर फिल्म बारे सोधेको आसयका पोष्टर सार्वजनिक गरिएको हो ।

भदौ २७ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायतको अभिनय छ ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा बनेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको हो । फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । गौतमको यो डेब्यु निर्देशन हो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १२:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।