काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एकैदिन बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ ।
यसअघि पनि एकैदिन ८० अर्बसम्म रकम बैंकहरूबाट उठाएको थियो । राष्ट्र बैंकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन् ।
बुधबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।




















प्रतिक्रिया