काठमाडौं । केहीदिअघि दोहोरी गायक हरिराम परियारले नयां बर्षको आगमनसंगै नयां पन्चेबाजा गीत ‘यतिबेला दरौंदी खोला’ सार्वजनिक गरे ।
परियारले विभिन्न समाजिक एवं राजनितिक व्यक्तिहरुको उपस्थितमा एक समारोहका बिच गीत बिमोचन गरेका थिए ।
सोही गीत यतिबेला निकै लोकप्रिय बन्दै छ । गायक हरिराम परियार र रेजिना परियारको रहेको यस गीत अहिले टिकटक, फेसबुक रिल्स् लगायत सामाजिक संजालमा हिट भएको छ ।
गीतमा गायक रविन लामिछानेको शब्द र गायक परियार स्वयं लय रहेको छ । गायक परियारले आफ्नै जन्मदिनको अवसर पारेर उक्त गीत आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।
लोकप्रिय मौलिक निर्देशक दिप गुरुङको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा लोकप्रिय कलाकार सुमन परियार, सन्जिता बोलाखे लगायत कलाकारहरूको अभिनय रहेको छ ।





















प्रतिक्रिया