Logo

अर्थ

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँछन् बोनस?



काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०६९/७९ सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १६२७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट २०८० माघ १७ गते स्वीकृत भएको छ । सोहि अनुसार कम्पनीले सञ्चालनमा ल्याएकोे मुनाफामा सरिक हुनेगरी (बोनस दिने गरी)जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८२/८३ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १०:५२   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।