काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘दोस्रो अध्याय’ नामक कार्यक्रम सुरु गरेकी छन् ।
उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रम कुराकानीमा आधारित रहेको थापाले बताइन् ।
उनका अनुसार स्वास्थ्य तथा शिक्षाका विषयमा आधारित रहेर निर्माण भएको कार्यक्रमको पहिलो भाग बिहीबार प्रसारण भएको छ ।
यो भागमा उनले ‘गर्भवती महिलालाई के ज्ञान वा के शिक्षा चाहिन्छ ?’ भन्ने विषयमा डा.ज्योत्सना शर्मा तिवारीसँग कुराकानी गरेकी छन् ।
‘दोस्रो अध्याय’ केवल एक कार्यक्रम मात्र नभएर आफ्नो यात्रा समेत भएको रेखाले बताइन् । ‘सबै आमाहरूको, जसको जीवन आमा भएपछि नयाँ बाटोमा हिँड्छ ।
यो शृङ्खलामा, म डाक्टरहरूसँग, आमाहरूसँग र जीवनका विभिन्न पाटोहरूसँग जोडिएका पात्रहरूसँग कुराकानी गर्छु’, उनले भनिन्, ‘गर्भधारणदेखि प्रसूति र आमाको आत्मबलसम्म सबै कुरा खुल्दुली पाराले खोतल्छु ।’
कार्यक्रम दर्शकको ध्यानलाई मध्यनजर गरेर निर्माण गर्ने उनले सुनाइन् ।





















प्रतिक्रिया