काठमाडौं । नेपाली लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेस्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
काठमाडौँमा आयोजित एक समारोहबिच लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरे । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।

संस्थाका सिइओ अमित झाका अनुसार इन्भेस्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा सेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।
इन्भेस्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्ने बताइएको छ ।
सेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ ।




















प्रतिक्रिया