Logo

प्रमुख समाचार

‘राम नाम सत्य’मा सुनिल थापा अनुबन्धित



काठमाडौं । साउनको अन्तिम साताबाट छायांकनको तयारीमा रहेको सिनेमा ‘राम नाम सत्य’को पिप्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ ।

सिनेमाका लागि कलाकार छनोटको क्रमपनि चलिरहेको छ । सिनेमामा अभिनेताद्धय विराज भट्ट, सुशिल श्रेष्ठ तथा अभिनेत्रीद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट अनुबन्धित भइसकेका छन् ।

यसैबीच, सिनेमामा कलाकार सुनिल थापा पनि अनुबन्धित भएका छन् । निर्देशक माइकल चन्दका अनुसार सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ ।

माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदै छौं । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’

सिनेमालाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी माइकलको छ । अभिनेता सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक सिनेमाको सेटबाट फर्किएसँगै वर्कसप सुरु हुने निर्देशक चन्दले बताए । सिनेमाका साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी भैरहेको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ ।  सिनेमाका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार २०:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।