Logo

अर्थ

पोखरा महानगरको बजेट ल्यायो ८ अर्ब ३५ करोड



पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाको १७औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले चालु आर्थिक वर्षभन्दा करिब एक अर्ब बढीको बजेट प्रस्तुत गरेकी हुन् ।

पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधार विकास, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, समतामूलक विकास, व्यवसायीक कृषि प्रणाली प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याइएको उपमेयर गुरुङले बताइन् ।

बजेटको खर्च संघीय सरकारको अनुदानबाट ३ अर्ब एक करोड ८१ लाख र आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख रुपैयाँ बेहोर्नेछ ।

यस्तै, आन्तरिक राजश्व परिचालनतर्फ ३ अर्ब २३ करोड ७२ लाख २७ हजार, स्थानीय राजश्व बाँडफाँडबाट एक अर्ब १९ लाख १४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार, संघीय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार, संघीय अनुदानबाट ५२ करोड ८७ लाख र प्रदेश अनुदानबाट ८ करोड १५ लाख ४६ हजार ब्यहोरिनेछ ।

महानगरले स्वास्थ्य क्षेत्रमा ३१ करोड २ लाख, शिक्षातर्फ १ अर्ब ७३ करोड ३३ लाख ९१ हजार, भौतिक पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, सहरी विकास पर्यटन, वन तथा वातावराणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । न्यायिक समितिका काम व्यवस्थित गर्न, ऐन बनाउन, सचेतना अभिवृद्धि गर्न एक करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ ।

पोखरासँगै रुपा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । रुपाले ४८ करोड ५ लाख ३७ हजार बजेट ल्याएको छ । रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्वा गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गदैँ पुजिगततर्फ १५ करोड २० लाख ५७ हजार र चालुतर्फ ३३ करोड ३४ लाख ४८ हजार खर्चको अनुमन पालिका सभामा पेस गरिन् ।

आगामी आर्थिक वर्षका लागि पेस भएको खर्चमा नेपाल सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७ कारोड ६५ लाख राजश्व बाडफाडबाट प्राप्त हुने ७ करोड ३२ लाख ससर्त अनुदान १८ करोड ७२ लाख समपुरक अनुदान ५ करोड ७७ लाख र विशेष अनुदान १ करोड ६५ लाख रहेको छ । कास्कीकै मादी गाउँपालिकाले भोलि तथा माछापुच्छे« र अन्नपूर्ण गाउँपालिकाले पर्सि बजेट ल्याउने तयारी गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार २१:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।