Logo

अर्थ

ताेलामा १७ सय घट्याे सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य ताेलामा १७ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुनको मूल्य आज प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार ११:२७   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।