काठमाडाैं । सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य ताेलामा १७ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनको मूल्य आज प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया