Logo

प्रमुख समाचार

यस वर्ष एसईईको नतिजा २० माध्यमबाट हेर्न सकिने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ ।

यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जानकारी दिएको हो ।

कार्यालयले एसईईको नतिजा हेर्न सकिने बेवसाइटहरुको विवरणसमेत सार्वजनिक गरेको छ ।

टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ ।

त्यसैगरि जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि, अल स्टार आईटी सोलुसन्स प्रालि लगायतबाट एसएमएसको माध्यमबाट पनि नजिताको जानकारी लिन सकिने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार ०७:५७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।