Logo

मनोरञ्जन

फिल्म ‘कोशेढुंगा’ एकसाथ ४० देशमा रिलिज हुने



काठमाडौं । आगामी भदौ १२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कोशेढुंगा’ । यसअघि सर्वाधिक हिट ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलले नै यो फिल्म निर्देशन गरेका हुन् ।

फिल्म नेपालसहित ४० बढी मुलुकमा एकसाथ रिलिज निर्देशक पौडेलले बताए । ‘हाम्रो फिल्म ४० भन्दा धेरै देशमा एकसाथ रिलिज फाइनल भैसकेको छ’, निर्देशक पौडेलले भने– ‘अन्य देशका लागि पनि कुराकानी भइरहेको छ । रिलिज समयसम्म थपिनसक्नेछ ।’

फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा आउनेछ ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार ११:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।