Logo

अर्थ

गभर्नर पौडेलको सम्पत्ति विवरण: १४ करोडको सेयर, ४५ तोला सुन



काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेको छन् । गभर्नर पौडेलले १४ करोडभन्दा बढी रकमको सेयर रहेको खुलाएका हुन् ।

उनको सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जीलगायत कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ ।

सार्वजनिक पदधारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप पौडेलले सम्पत्ति विवरणमा सार्वजनिक गरेको हुन् ।

आफूसँग ४५ तोला सुन र नवलपरासी, ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । पौडेलका अनुसार १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मूल्य रहेको छ भने नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको छ ।

पौडेलले श्रीमती प्रतिभा शर्मा र आफ्नो नाममा गरी २० लाखभन्दा बढी विभिन्न बैंकमा बचत रहेको उल्लेख गरेका छन् । सानिमा बैंकमा डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको पनि उल्लेख गरेका छन् ।

त्यसैगरी, श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ पर्ने सुजुकी कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १४:०२   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।