Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेकाे छ । नेप्से परिसूचक ०.३३ अंकले घटेर २६०० को विन्दुमा कायम भएको छ ।

आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १५:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।