Logo

अर्थ

सानिमा बैंक र क्यापिटलका खातावालाहरुलाई डिम्याट र मेरो सेयरको नवीकरण शुल्क बुझाउन आग्रह



काठमाडाैं । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत डिम्याट खाता खोलेकालाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको छ । आव २०८१/८२ सम्मको खाता सञ्चालन गर्ने हितग्राही खातावालाहरुले प्रत्येक आवको वार्षिक सञ्चालक शुल्कबापत बुझाउनु पर्ने रु.१०० बुझाउनु पर्नेछ ।

यस्तो रकम सानिमा बैंकको खाता वा मेरो सेयर प्रोफाइलमार्फत ई–सेवा,खल्ति,कनेक्स्ट आईपीएस,आइएमई पे लगायतका अनलाइन माध्यमहरुमार्फत भुक्तानी गर्न सक्नेछन् ।

असार मसान्तभित्र शुल्क नबुझाउनेको डिम्याट खाता फ्रिज गरिनेछ ।

यस्तै मेरो सेयर लिएका हितग्राही खातावालाहरुलाई समेत मेरो सेयरको नविरकण शुल्क बुझाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १०:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।