Logo

अर्थ

एलजी नेपालद्वारा ‘एफेक्शुनेट इन्टेलिजेन्स’को प्रदर्शनी



काठमाडौं । एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान ‘एफेक्शुनेट इन्टेलिजेन्स’लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ ।

सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुन लागेको र यसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको एफेक्शुनेट इन्टेलिजेन्सको सुरुवात दर्शाउने कम्पनीले जनाएको छ ।

दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम, असार १३ मा डिलरहरूको लागि र असार १४ मा सर्वसाधारण का लागि आयोजना हुने एलजीले जनाएको छ ।

कार्यक्रममा सहभागिहरूले एलजीको नयाँ पुस्ताको एआई इनोभेसन्स प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्—जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य राख्ने कम्पनीले जनाएको छ ।

“एफेक्शुनेट इन्टेलिजेन्स” केवल प्रडक्ट्स को प्रदर्शन मात्र नभई, प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने एलजी को दृष्टिकोण हो। यसले उत्तरदायित्व, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविष्यतर्फको यात्रा प्रस्तुत गर्दछ।

नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, एलजी र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुनेछ ।

चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमाल भन्छन्, ‘यो हाम्रो लागि निकै गर्वको क्षण हो। एलजी सँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो। दशकौ सम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ। अब ‘एफेक्शुनेट इन्टेलिजेन्स’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौं, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक र अझ प्रभावकारी बन्नेछ।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १६:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।