Logo

अर्थ

नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न सेबोनले दियो अनुमति



काठमाडाैं । नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार १२ गते स्वीकृति पाएको हो ।

सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भएको ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । बैंकले यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता आम सर्वसाधारणका लागि जारी गर्नेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ११:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।