काठमाडाैं । सेरेस नेपालले असार १२ गतेदेखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने ‘मनसुन एक्सचेन्ज क्याम्प’को आधिकारिक सुरुवात गरेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३ मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्। यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो ।
यस लिमिटेड–टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरू लाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्नेछ । योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन् ।
आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ । नेपालमा यसको सेरेस ३ मोडलले आफ्नो शक्ती र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरला नाका पार गरेर इतिहास बनाएको छ ।
अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको ‘२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकल शो मा तीन वटा ‘बेस्टईभी’ अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुनः प्रमाणित गरेको छ ।
यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ ।




















प्रतिक्रिया